Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बराह सहकारीद्वारा विज्ञप्ति जारी

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७९, आइतबार
धरानको बराह सहकारीद्वारा विज्ञप्ति जारी

धरानः धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाले नआत्तिन आग्रह गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै शेयर सदस्य, बचतकर्ताहरुमा नकारात्मक प्रभावमा नपर्न आग्रह गरेको हो । ‘हजुरहरुको लगानी र विश्वासलाई टुट्न दिने छैनौं, हामी सम्पर्क र जिम्मेवारीबाट टाढा हुने छैनौं, असहज परिस्थितिका कारण सबैमा सम्पर्क र समन्वय हुन नसकेकोले क्षमाप्रार्थी छौं’, जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा विभिन्न समिति एवं समूह बनाइ विभिन्न निकायहरुमा गई संस्था सञ्चालन एवम् बचत रकम फिर्ता गराइदिन हुन अनुरोध गरेको र अहिले समस्या समाधान गर्न सञ्चालक एवं जिम्मेवार व्यक्ति लागिपरिरहेको जनाइएको छ ।
उता आफ्नो बचत पैसा फिर्ता नपाई पीडित बनेकाहरुले शनिबार मेयर हर्कराज राई (साम्पाङ) लाई भेटेर सङ्घर्ष समिति बनाएरै आन्दोलनमा लागेको जनाएका छन् ।
करोडौं रकम राखेका बचतकर्ताले आफ्नो पैसा नपाएपछि संञघर्ष समिति बनाएरै आन्दोलञनमा उत्रिएको उद्घोष गरेका छन् । संघर्ष समिति बनाएका बचतञकर्ताहरुले मेयर साम्पाङलाई ज्ञापनपत्र समेत बुझाइसकेका छन् । मेयर सम्पाङसँगको भेटमा संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीले बराहका सञ्चालकहरुलाई जेठ १८ गतेसम्मको अल्टिमेटम दिइएको बताएका छन् । उनीहरुले जेठ १८ गते सम्ममा बचतकर्ताहरुको समस्या हल नभए बराहको भानुचोकस्थित कम्प्लेक्स, धनकुटे रोडस्थित बराह भवन र भेडेटारको व्यपारिक भवन बन्द गराउने उनले चेतावनी दिएका छन् ।
सहभागीहरुसँगको भेटमा मेयर साम्पाङले कानुन र आफ्नो क्षेत्राधिकारभित्र रहेर पहल गर्ने आश्वासन दिएका थिए ।

प्रकाशित मिति: जेष्ठ १५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend