Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा इन्टरनेटको लागि डाटा सेन्टर स्थापना गर्न अध्ययन थालिने

हाम्रो कोशी आवाज
जेष्ठ १५ २०७९, आइतबार
धरानमा इन्टरनेटको लागि डाटा सेन्टर स्थापना गर्न अध्ययन थालिने

धरानः धरानमा इन्टरनेटको लागि डाटा सेन्टर स्थापना गर्न सम्भाब्यता अध्ययन गर्ने जनाइएको छ ।
संघीय सरकारले आइतबार संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–०८० को बजेट वक्तव्यमा सो कुरा समेटिएको हो । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको सरकारको बजेट वक्तव्यमा भनिएको छ, ‘धरानमा डाटा सेन्टर स्थापनाको लागि अध्ययन गरिनेछ ।’
यस्तै, धरान–विराटनगरको रेल यातायातको सम्भाव्यता अध्ययन गरिनेछ समेत जनाइएको छ । विराटनगरमा रेल यातायातको जग्गाको व्यवस्था गरिएको समेत जनाइएको छ । वक्तव्यमा धरान–विराटनगर ट्राम यातायातको सम्भाब्यता अध्ययन गर्ने भनिएको छ ।
बजेट वक्तव्यमा रानी–विराटनगर–धरान सडकको विस्तार तथा स्तरोन्नतिको काम आगामी आर्थिक वर्ष सम्पन्न गर्ने जनाइएको छ ।
चतरादेखि सगरमाथा द्रुत मार्ग निर्माण गरी २ घण्टामा सगरमाथा पुग्ने ब्यवस्था मिलाउने बजेट वक्तव्यमा उल्लेख छ ।
यस्तै, चतरा–मूलघाट सडक निर्माण, सुनसरी र त्रियुगा नदी नियन्त्रण थेग्रान ब्यवस्थापन र तटबन्ध निर्माण गर्ने, सप्तकोशीमा हुने बाढीको मापन गर्न उदयपुरमा मौसमी राडर केन्द्र स्थापना र ब्यवस्थित गर्ने, पूर्व सूचना प्रणालीको विकास गरिने सरकारले बजेटमा उल्लेख गरेको छ ।
उद्योगी व्यवसायीले लामो समयदेखि माग गरिरहेको आर्थिक क्षेत्र निर्माणको काम पनि सुनसरीमा गर्ने बजेट वक्तव्यमा घोषणा गरिएको छ ।
सरकारले संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेखित प्रदेश १ का महत्वपूर्ण कार्यक्रमहरू
–झापाको दमकमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन ।
–सुनसरीमा विशेष आर्थिक क्षेत्रको निर्माण कार्य प्रारम्भ गरिनेछ ।
–भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइप लाइन निर्माण गरिनेछ ।
–चतरा–सगरमाथा द्रुत मार्ग निर्माण गरी २ घण्टामा सगरमाथा आधार क्षेत्र पुग्ने सडक निर्माण गर्ने ।
–उदयपुरमा विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ्ने ।
–मिर्चैया लुक्ला सगरमाथा द्रुतमार्ग निर्माणका लागि नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने ।
–उत्तर–दक्षिण सडक अनुसार कोशी करिडोर निर्माणको लागि बजेट विनियोजन
–झापाको सदरमुकाम जोड्ने सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन ।
–तमोर करिडोर र मेची करिडोर निर्माणका लागि बजेट विनियोजन
–बिर्तामोड–जलेश्वर–जनकपुर रेल यातायातको सम्भाव्यता अध्ययन गरिनेछ ।
–कोशीको चतरामा जल यातायातको काम गर्ने ।
–अरुण करिडोरको ४ सय केभी प्रसारण लाइनको निर्माण प्रक्रिया आरम्भ गरिने ।
–कोशी, कन्काई, रतुवा, सुनसरी, त्रियुगाजस्ता जोखिमयुक्त नदी नियन्त्रण, बाँध निर्माणको कार्यक्रम सञ्चालन गरिने ।
–पूर्वपश्चिम सिंचाई आयोजना जोड्ने गरी सम्भाव्यता अध्ययन गरिने ।
–धरानमा डाटा सेन्टर स्थापनाको लागि अध्ययन गरिने ।
–प्रदेशको एउटा घना वस्ती भएको शहरमा उद्धार केन्द्रसहितको भवन निर्माण गर्न बजेट विनियोजन ।
–ओलाङचुङगोला र किमाथाङ्कामा हिमाली सहर निर्माण गर्न अध्ययन गरिने ।
–इलामको सन्दकपुर र पृथ्वीनगरमा व्यवस्थित सिमा क्षेत्र सहर निर्माणको लागि अध्ययन गरिने ।
–सहरी नदी करिडोर कार्यक्रम अन्तर्गत विराटनगरको केशलिया र सिंघीय नदीमा तटबन्ध निर्माण र व्यवस्थित वस्ती निर्माण गरिने ।
–संखुवासभा र सोलुखुम्बुको दुईवटा हिमतालको पानीको सतह घटाउने ।
–मोरङको कारागार भवन निर्माण गरिने ।

प्रकाशित मिति: जेष्ठ १५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend