Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको महेन्द्र क्याम्पसमा रक्तदानसम्बन्धी अभिमुखीकरण कार्यक्रम

हाम्रो कोशी आवाज
जेष्ठ १८ २०७९, बुधबार
धरानको महेन्द्र क्याम्पसमा रक्तदानसम्बन्धी अभिमुखीकरण कार्यक्रम

धरानः परिवर्तनका लागि सामािजक अभियानले १ सय ३८ जना विद्यार्थीहरुका लागि निःशुल्क ब्लड ग्रुपिङ क्लिनिक सञ्चालन गरेको छ ।
महेन्द्र बहुमुखी क्याम्पसका बिबिएमका विद्यार्थीहरुले आयोजना गरेको बिजनेश एक्स्पो २०७९ मा अभियानले सो कार्यक्रम गरेको हो । अभियानका अध्यक्ष विष्णु बरालका अनुसार विद्यार्थीहरुलाई कार्यक्रममा रक्तदान सम्बन्धी अभिमुखिकरण समेत दिइएको थियो ।
‘रक्तदान कार्यक्रम गर्नुभन्दा रक्तदानको लागि अभिप्रेरित गर्न महत्वपूर्ण हो, त्यसैले हामीले आज विद्यार्थीहरुको निःशुल्क ब्लड ग्रुपिङ गरयौं र रक्तदान सम्बन्धी जानकारी पनि दियौं’, बरालले बताए ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा अभियानका अभियन्ताहरु त्रिभुवन बराल, जेनिश शाक्य, निशान नेपाल, हेम ढकाल, इनी शाक्य, स्वस्तिका तामाङको सहभागिता रहेको थियो ।
परिवर्तनका लागि सामाजिक अभियानले स्वास्थ्य क्षेत्रमा विगत १० महिनादेखि सामाजिक कार्य गर्दै आईरहेको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा अभियानले निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आइरहेको छ । विभिन्न वडामा कार्यक्रम आयोजना गर्ने लक्ष्य अनुरुप १६ औं संस्करणसम्म आयोजना भएको कार्यक्रम हरेक महिनाको पहिलो र तेश्रो शनिबार आयोजना हुने गर्दछ । यसपटक यही जेष्ठ २१ गते शनिबार सिद्धि नेवाः परिषद्, धरान–७ सँगको सहकार्यमा १७ औं संस्करणको निःशुल्क स्वास्थ्य क्लिनिक आयोजना हुने भएको छ ।

प्रकाशित मिति: जेष्ठ १८ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend