Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा डेढ करोडको लगानीमा अर्को लाउञ्ज एण्ड बार सञ्चालनमा

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७९, शनिबार
धरानमा डेढ करोडको लगानीमा अर्को लाउञ्ज एण्ड बार सञ्चालनमा

धरानः धरानमा क्लाउड नाइन लाउञ्ज एण्ड बार सञ्चालनमा आएको छ ।
भानुचोकनजिक धरान-९ पुतली लाइनको सैलुङ डिपार्टमेन्टल स्टोर र लक्ष्मी बैंक भएको भवनको सबैभन्दा मथिल्लो तलामा सो बार सञ्चालनमा आएको हो ।
धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले सो बारको उद्घाटन गरेका थिए । धरानको आन्तरिक तथा बाह्य पर्यटकलाई ध्यानमा राखी एककरोड ५० लाख रुपैयाँको लगानीमा सो बार सञ्चालनमा आएको सञ्चालकमध्येका मानबहादुर मगरले जानकारी दिए ।
मानबहादुर, उत्तम कार्की, रमेश श्रेष्ठ, सुरज राई, देवेन्द्रबहादुर पाण्डे र तिलक पाण्डे मिलेर सो बार सञ्चालनमा ल्याएका हुन् । लाउञ्जमा ग्राहकवर्गले पारिवारिक वातावरणमा राष्ट्रिय तथा अन्तराष्ट्रिय परिकारहरु, बार, क्याफे, मिटिङ, सेमिनार तथा विभिन्न कार्यक्रमका लागि हलको सुविधा पाउने सञ्चालक मगर बताउँछन् ।

एसी जडित सुविधा सम्पन्न तथा अत्याधुनिक लाउञ्जमा एक पटकमा १५० जनाको लागि खानपानको ब्यवस्थापन गर्न सकिने क्षमता रहेको उनले जानकारी दिए । सुरुवाती चरणमा सेवा दिनको लागि १२ जना कर्मचारी राखिएको छ भने आवश्यकताअनुसार कर्मचारी थपिने पनि सन्चालक मगरले जानकारी दिए । सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गरी अत्याधुनिक सिसी क्यामरा, सेक्युरिटी गार्डसहित पार्किङको सुविधा समेत रहेको छ भने ग्राहकवर्गको लागि विशेष अवसरहरुमा चर्चित कलाकारहरुसँगको सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरुको पनि आयोजना गरिनेछ ।
सबै सञ्चालकहरुले आफूलाई सफल व्यवसायीको रुपमा उभ्याइसकेकोले पनि व्यवसाय सफल हुने उनीहरुको विश्वास छ । सञ्चालक तथा सेफ तिलक पाण्डेले देश तथा विदेशका फाइभ स्टार होटलमा काम गरेको लामो अनुभव रहेको छ । उत्कृष्ट सेवा सुविधा प्रदान गरी धरानकै नमूना लाउन्ज एण्ड बारको रुपमा स्थापित गरी प्रालिबाट पछि कम्पनीमा रुपान्तरण गर्ने उद्देश्य रहेको सञ्चालकहरुको भनाइ छ ।

प्रकाशित मिति: जेष्ठ २१ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend