Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा १०५ जनाको निःशुल्क मुटु, मधुमेह, रक्तचाप परीक्षण

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०७९, आइतबार
धरानमा १०५ जनाको निःशुल्क मुटु, मधुमेह, रक्तचाप परीक्षण

धरानः परिवर्तनका लागि सामाजिक अभियानले सामाजिक स्वास्थ क्लिनिकको १७ औं संस्करण सिद्धिनेवा ः परिषद् , धरान–७ को सहकार्यमा सम्पन्न गरेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण गरिएको क्लिनिकमा विशेषगरी मुटु, मधुमेह, रक्तचापको परीक्षण गरिएको थियो । धरान र धरान बाहिरका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुको लागि आयोजना गरिएको सो निःशुल्क क्लिनिकमा १०५ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।
हालसम्मको निःशुल्क स्वास्थ्य क्लिनिक क्लिनिकमा परीक्षण गरिएको बिरामीहरुको संख्यामध्ये यसपटक सबैभन्दा धेरै बिरामीहरुको जाच गरिएको समाजका अध्यक्ष विष्णु बरालले बताए । ‘यो सामाजिक स्वास्थ्य क्लिनिक सुरुवात देखि ९ औं संस्करणसम्म धरान मोडल कलेजमा आयोजना गरेका थियौं, सोकार्यक्रम वडा (वडामा आयोजना गर्ने लक्ष्य अनुरुप वडा नं १८ २, १, १३, ३, २, १२ र ८ हुँदै १७ औं संस्करण धरान–७ सिद्धि नेवाः परिषद्सगँको सहकार्यमा सम्पन्न गरेका हौं, यस पटक सबैभन्दा धेरै बिरामी परीक्षण गरेका छौं । उनले भने ।
त्रिभुवन बरालको संयोजकत्वमा आयोजित सो कार्यक्रममा अभियानका अभियानकर्मी मोहन श्रेष्ठ, वर्षा अग्रवाल, जेनिश शाक्य, विजय श्रेष्ठ, हेम ढकाल, निशान नेपाल साथै सिद्धि नेवा ः परिषद्का अध्यक्ष गोकुलप्रसाद श्रेष्ठ र कार्यसमिति सदस्य सरोज श्रेष्ठ लगायत उपस्थिति रहेको थियो । त्यसैगरी बीपी कोइराला स्वास्थ प्रतिष्ठानकी स्टाफ नर्स निर्मला बाँस्तोलाले रक्तचाप परीक्षण तथा अन्य सहयोग गरेकी थिइन् ।
निशाल नेपालले सञ्चालन गरेको औपचारिक समापन कार्यक्रममा सिद्धि नेवा ः परिषद्का अध्यक्ष श्रेष्ठले अभियानसँग सहकार्य गर्न अवसर पाएको आभार व्यक्त गरे साथै धरानलाई माया गरी यस अभियानलाई सफल पार्ने अनवरत रुपमा लाग्दै आएका डा. प्रशान्तलाई पनि धन्यवाद दिएका थिए ।

प्रकाशित मिति: जेष्ठ २२ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend