Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ४० फिट अग्लो बुद्धको प्रतिमा निर्माण

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०७९, सोमबार
धरानमा ४० फिट अग्लो बुद्धको प्रतिमा निर्माण

धरानः धरानमा अग्लो बुद्धको मूर्ति निर्माण भएको छ ।
धरान–४ धरान–४ छोटी मोरङमा ४० फिटको बुद्धको मूर्ति स्थापना भएको हो । सो मूर्तिको प्रदेश प्रमुख पर्शुराम खापुङले अनावरण गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले ४० फिटको बुद्धको प्रतिमाले धरानको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने बताए । कार्यक्रममा सूर्योदय बुद्ध विहारका प्रमुख भिक्षु मेधङकर स्थवीरले बिग बुद्ध निर्माण भएसँगै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताए ।
सो मूर्ति सूर्योदय बुद्ध विहारद्वारा ३५ लाख रुपैयाँको लागतमा निर्माण भएको हो ।
भेडेटारनजिकै छोटीमोरङ थुम्कीडाँडामा सो मूर्ति निर्माण भएको सूर्योदय बुद्ध बिहारका अध्यक्ष प्रदीप थापा मगरले जानकारी दिए ।
बिग बुद्ध प्रतिमा निर्माणका लागि उपमहानगरपालिका, सुनसरी जिल्ला वन कार्यालय र वन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले १५ बिघा ८ कट्ठा जग्गा सूर्योदय बुद्ध बिहारलाई धार्मिक वनअन्तर्गत उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति: जेष्ठ २३ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend