Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोरियाबाट फर्केर डाक्टरले ५० लाखको लगानीमा खोले थेरापी

हाम्रो कोशी आवाज
जेष्ठ २९ २०७९, आइतबार
धरानमा कोरियाबाट फर्केर डाक्टरले ५० लाखको लगानीमा खोले थेरापी

धरानः धरानमा ५० लाख रुपैयाँको लगानीमा लाइफ केयर फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ ।
धरान-१०, पुतलीलाइनमा सो थेरापी सञ्चालनमा आएको हो ।
आइतबार धरान उपमहानगरपालिका धरान-१० वडाअध्यक्ष विवेक राईले रिवन काटेर उदघाट्न गरेका थिए । धराननजिक रहेका सेवाग्राहीलाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको थेरापी सेन्टरमा विभिन्न प्रकारका फिजियोथेरापी, रगत जाँच, मसाजको व्यवस्था रहेको साथै एसी सुविधासम्पन्न तथा डिजिटल मेसिन जडान एक पटकमा १५ जना सेवाहरुले सेवा दिन सक्ने सञ्चालक डा प्रविर श्रेष्ठले जानकारी दिए ।
फिजियोथेरापी सेन्टरले बालबालिकादेखि वृद्धवृद्धा उमेर समूका सेवाग्राहीहरूले सेवा लिन सक्नेछन् भने यस सेन्टरमा विशेषगरी एक्सासाइज थेरापीलाई जोड दिइने जनाइएको छ । सेवाग्राहीहरुले सहज तरिकाबाट छिटो रिकभर हुनका लागी फिजियोथेरापीको महत्वपूर्ण भूमिका रहने जनाइएको छ । डा. श्रेष्ठ यसअघि साउथ कोरियाको रियाव हस्पिटलमा ५ वर्षसम्म काम गरी फर्किएका थिए ।
स्वदेशका विभिन्न हस्पिटलमा समेत राम्रो अनुभव सङ्गालेका उनले फिजियोथेरापीमा सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो एकल लगानीमा लाइफ केयर फिजियोथेरापी सेन्टर खोलिएको ञ्न्चालक श्रेष्ठ बताए ।

प्रकाशित मिति: जेष्ठ २९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend