Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मेयर हर्क साम्पाङले अर्को मुहानबाट ल्याउने भए पानी

हाम्रो कोशी आवाज
असार ४ २०७९, शनिबार
धरानमा मेयर हर्क साम्पाङले अर्को मुहानबाट ल्याउने भए पानी

धरानः सधैंजसो पानीकै लागि मुहान चहार्दै दौडिरहेका धरानका मेयर हर्क साम्पाङले पानी ल्याउन लागिपरेका छन् ।
शनिबार उनी दुई चारजना साथीहरुसँग धरान–२० विष्णुपादुका मन्दिर मुनि पानीको मुहान भएको ठाउँमा पुगेका थिए । त्यहाँ पुगेपछि करिब २० मिनेटपछि धराने जनता आफैं श्रमदान गर्न भन्दै स्वतस्फुर्तरुपमा पुगेका थिए । त्यहाँ पुगेका जनताले कोहीले ढुङ्गा ओसारे, कोहीले झम्पल लगाए, कोहीले गैतीले खने अनि बेल्चाले माटो फाले । त्यतिबेला मेयर साम्पाङ आफैंले पनि कहिले झम्पल प्रयोग गर्थे भने बेल्चा र गैती पनि चलाएर खानेपानी ट्याङ्की निर्माण गरिछाडे । साँझसम्म उनी र धराने जनता खटिरहे, खनिरहे ।
त्यहाँको पानी आएपछि धरान–११ र १७ का बासिन्दालाई केही भएपनि सहज हुने मेयर साम्पाङले जानकारी दिए । ‘यहाँबाट पानी ल्याउन अध्ययन भइसकेको थियो’, उनले भने, ‘पानी आउने पक्का भएपछि सयौं जनता स्वतःस्फुर्त आएपछि खानेपानी ट्याङ्की निर्माणमा सहजता भएको छ ।’ उनले जनता लागेपनि जे कुराको पनि विकास हुन समय नलाग्ने समेत बताए ।
उनको अभियानमा साथ दिन युवापुस्ता, केही वृद्ध साथै महिलाहरु पुगेका थिए । अभियानमा धरानका इञ्जिनियर राजु पोखरेल, प्रशान्त अधिकारीलगायत पनि त्यहाँ पुगेका थिए ।
पूर्वाञ्चल बागिना कला केन्द्रका अध्यक्ष एवम् गायक भक्तिराज राईले आफू पनि धरान–१७ मा बस्दै आएको र मेयर साम्पाङले पानी ल्याउन आह्वान गरेपछि स्वतस्फुर्त श्रमदानका लागि पुगेको बताए । ‘पानी जस्तो कुरा ल्याउन श्रमदान गरौं भनेर मेयरको आह्वान थाहा पाएपछि म पनि श्रमदान गर्न आएको हुँ,’ उनले भने, ‘जे होस् उहाँलाई समर्थन गर्न नै यहाँ आएको हुँ ।’
पकुवा खोलाको मुहानमा दुईवटा इन्टेक निर्माण हुने र त्यहाँबाट धरान–११ र १७ को रेल्वे सिष्टममा खसालिने इन्जिनियर प्रशान्त अधिकारीले जानकारी दिए । उनले वर्खायाममा धेरै पानी आउने र हिउँदमा पनि पानी उत्पादन हुने र हिउँदमा प्याक प्याक हुनुपर्ने अवस्थाको अन्त्य हुने दावी गरे । ‘अहिले त हेरिहाल्नुभयो, धेरै पानी छ तर हिउँदमा पनि खासै समस्या हुँदैन, थोरै घटेपनि त्यो पानीले धेरै हदसम्म त्यहाँका बासिन्दालाई राहत मिल्नेछ ।’
आइतबारदेखि मिस्त्री लगेर नियमित काम गरेर केही समयभित्र पानी खसालिने बोर्डका व्यवस्थापक निर्देशक इन्जिनियर राजु पोखरेलले जानकारी दिए । तस्वीरहरुः शेखरनाथ जोगी

प्रकाशित मिति: असार ४ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend