Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी आसपासका औषधि पसलमा मनपरी मूल्य

हाम्रो कोशी आवाज
असार ५ २०७९, आइतबार
धरानको बीपी आसपासका औषधि पसलमा मनपरी मूल्य

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आसपासको औषधी व्यावसायीहरुले प्रतिष्ठानमा इम्प्लान्ट (प्रत्यारोपण) गर्न आएका बिरामीहरुसँग मनपरीरुपमा शुल्क लिएको गुनासो आएपछि वडा कार्यालयले निगरानी बढाएको छ ।
शुक्रबार धरान वडा नं. १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रविन) को अध्यक्षतामा औषधी व्यावसायीहरुसँग बसेको छलफलले इम्प्लान्टको दररेट एकरुपता बनाउने निर्णय गरेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोमा उपचार गर्न आएका बिरामीहरुले गुनासो गरेपछि वडा कार्यालयले यस विषयमा निगरानी बढाएको वडाध्यक्ष राईले बताए ।
धरानमा इम्प्लान्ट सम्बन्धी काम गर्ने ४ वटा औषधी व्यवसायी छन् । सुजिता फामेर्सी, सृष्टि फर्मलिन्क, बज्रंग ट्रेड लिंक र अर्थो वर्ड सर्जिकलले इम्प्लान्ट (प्रत्यारोपण) गर्दा लाग्ने सामग्रीहरुको बिक्री वितरण गर्छन् । नेपाल औषधी व्यवसायी संघ धरानका अध्यक्ष मचेन लिम्बूको संयोजकत्वमा एक अनुगमन समिति समेत गठन गरिएको वडाध्यक्ष राईले बताए । औषधीहरुको दररेट उपभोक्ताहरुले देखिने राख्न लगाउन पनि आह्वान गरिने वडाध्यक्ष राईले बताए ।
वडाध्यक्ष राईका अनुसार असार ५ गते आइतबार ल्याव सञ्चालकहरुसँग छलफल गरिने छ भने ६ गते सोमबार सम्पूर्ण औषधी व्यवसायीहरुसँग छलफल गरिने छ । साथै, वडाध्यक्ष राईले बीपीको गेट अगाडि रहेको टेम्पो व्यवसायीहरु र घर मालिकहरुसँग छलफल गरी टेम्पो व्यवस्थापन गरिने बताए ।

प्रकाशित मिति: असार ५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend