Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ढुंगा, गिटी, वालुवाबारे धरानको नीति !

हाम्रो कोशी आवाज
असार १० २०७९, शुक्रबार
ढुंगा, गिटी, वालुवाबारे धरानको नीति !

धरानः धरान उपमहानगरपालिकाले आगामी आवको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा ढुंगा, गिटी, वालुवाजस्ता नदीजन्य पदार्थको बिक्री वितरण, ठेक्का लगाउँदा उपमहानगरपालिका आफैले उत्खनन गर्ने जनाइएको छ । ‘ढुंगा, गिटी, वालुवाजस्ता नदीजन्य पदार्थको बिक्री वितरण, ठेक्का व्यवस्थापनमा संघीय वनसम्बन्धी कानुनले जटिलता उत्पन्न गरेको तथा अत्याधिक दोहनलाई निरुत्साहित गर्न वैकल्पिक पद्दतिको रुपमा नगरपालिका आफैंले उत्खनन गरी विक्री वितरण तथा उपयोग गर्ने नीति अवलम्वन गरिनेछ ।’ नीति तथा कार्यक्रममा भनिएको छ ।
नीति तथा कार्यक्रममा ढुंगा, गिटी, वालुवाजस्ता नदीजन्य पदार्थ र अन्य प्राकृतिक स्रोतहरुको अनाधिकृत एवं अवैज्ञानिक दोहन गर्न नदिइने जनाइएको छ । यस्तै, सर्दु जलाधार क्षेत्रलाई मानिस प्रवेश निषेध बनाउँदै बनेका भौतिक संरचना र बन्न लागेका भौतिक संरचना हटाइने जनाइएको छ भने नेपाल सरकारका नाममा आउन बाँकी जग्गा नेपाल सरकारको नाममा ल्याइने जनाइएको छ ।

प्रकाशित मिति: असार १० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend