Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गाडी भाडा स्वात्तै घट्यो

हाम्रो कोशी आवाज
असार १२ २०७९, आइतबार
गाडी भाडा स्वात्तै घट्यो

धरानः सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ।
सोमबारदेखि लागु हुने गरी यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको हो।
पहाडी बाटोमा संचालन हुने मालवाहक सवारी ६.७९ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालवाहक सवारीको ७.६८ प्रतिशत भाडा घटेको छ। नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल लिटरको २० रुपैयाँ र डिजल २९ रुपैयाँ घटाएसँगै स्वचालित रुपमा सवारीसाधनको भाडा पनि घटेको हो।
मूल्य घटेसँगै पेट्रोल १७९ रुपैयाँ लिटर र डिजल १६३ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। घटेको भाडा दुई वा सो भन्दा बढी प्रदेश भई संचालन हुने राष्ट्रिय रुटमा लागु हुनेछ। स्थानीय रुटमा संचालन हुने रुटका लागि प्रदेश सरकारले निर्णय गर्नुपर्छ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा बढ्ने वा घट्ने हुन्छ।

प्रकाशित मिति: असार १२ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend