Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मन तान्ने बन्यो पार्क

हाम्रो कोशी आवाज
असार १५ २०७९, बुधबार
धरानमा मन तान्ने बन्यो पार्क

धरानः धरानमा बनाइएको एउटा पार्क मन तान्ने बनेको छ ।
धरान-२ र ३ को संगमस्थलमा बनेको यो पार्कले अहिले बालबालिकादेखि वृद्धवृद्धा, बटुवासमेतको ध्यान तान्दै मन समेत जित्दै गएको छ । अहिले बालबालिका पिङदेखि अन्यमा रमाइरहेका हुन्छन् भने वृद्धवृद्धा मन भुलाइरहेको पाइन्छ । यस्तै, युवापुस्ताका सेल्फी हान्न र टिकटक बनाउन समेत लागिपरेको पाइन्छ ।
माछा भौडी जहाँ बजार छेउछाऊका फोहोर मैला मात्र नभएर धरान–१३ देखि समेत फोहोरमैला बगेर त्यहाँ आइपुग्थ्यो । धरान–३ चिनियाँ चोकमा रहेको बिग्रिएका तरकारीदेखि पुरानो बजारका फोहोरमैला समेत त्यहाँ आइपुग्ने गरेको थियो । भनौं बगाएर ल्याएको फोहोर मैला थुप्रिने सो ठाउँ दुर्गन्धित हुँदा बजार आवतजावत गर्ने बटुवाहरुले नाकमुख थुनेर हिँड्ने अवस्था थियो ।
तर अहिले स्वरुप फेरिएपनि हराभरा भएको हो । २०७४ सालमा तत्कालीन स्व. मेयर तारा सुब्बाले परिकल्पना गरी सोही बेला नगर विकास योजनाअन्तर्गत पहिलो किस्ता बजेट छुट्टयाएर दोभान पार्क बनाउने शुरुवात गरेको हुनाले आज आएर बजार एरियामा एउटा सुन्दर पार्कमा परिणत भएको छ ।
अहिले सो ठाउँ बालबालिका, वृद्धवृद्धादेखि बाटो हिँड्ने बटुवाहरु, स्थानीय जेष्ठ नागरिकहरु बसेर भलाकुसारी गरी बस्ने चौतारी बनेको धरान–२ का वडाध्यक्ष रमेश राई बताउँछन् । निःशुल्क प्रवेश दिइएको सो ठाउँमा बढीजसो बालबालिका भेला हुने गरेको उनी बताउँछन् । उनका अनुसार त्यहाँ बालबालिकाका लागि पिङ, अन्य खेल्ने सामग्री छन् ।
दोभान पार्क बनाउन पूर्व स्व. मेयर सुब्बाको पहल शुरुवात भएपनि माछाभौडी वरिपरिका स्थानीयवासीहरुले श्रमदान गरेको उनी बताउँछन् । निवर्तमान वडाध्यक्षद्वय माधव गोविन्द श्रेष्ठ र आशा श्रेष्ठले वडा समितिको बजेटबाट बिजुली, पानी जडान गरी पार्कलाई नियमित सरसफाइ रेखदेखको लागि कर्मचारीको ब्यवस्था समेत गरेको उनी बताउँछन् ।
शब्द/तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: असार १५ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend