Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भेडेटारको वन क्षेत्र स्काइवाक निर्माणका लागि प्रयोग गर्न दिने निर्णय

हाम्रो कोशी आवाज
असार १६ २०७९, बिहिबार
भेडेटारको वन क्षेत्र स्काइवाक निर्माणका लागि प्रयोग गर्न दिने निर्णय

धरानः सरकारले भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।
गत असार १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो निर्णयबारे बताएका हुन् । ‘भेडेटार स्काइवाक निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय भएको छ’, उनले भनेका छन् ।
सो स्काइवाक धरान र धनकुटाको सीमानामा रहेको चाल्स प्वाइन्टनजिकै बन्ने भएको हो । प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा प्रदेश सरकारको अगुवाइमा तथा निजी क्षेत्रको लगानीमा भेडेटारमा स्काइवाक बन्न लागेको हो ।
भेडेटारको पूर्वाधार विकासका लागि वोन्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्राक्सन प्रालि बुढीगंगा मोरङले स्काइवाक निर्माण गर्ने प्रालिका प्रोजेक्टर डाइरेक्टर सञ्जीव रोक्काले बताए ।
प्रदेश सरकारले भेडेटारमा स्काइवाक निर्माणका लागि प्रस्ताव आहवान गरेको र सो कम्पनीमा छनौटमा परेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा साँगुरीगढी गाउँपालिका, धरान उपमहानगरपालिका र प्रदेश लगानी प्राधिकरणबीच भेडेटार स्काइवाक परियोजना निर्माण तथा सञ्चालनबारे समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । लिजको समय अवधि, निर्माण तथा सञ्चालनको ढाँचा लगायत विषयमा परियोजना सञ्चालन पछि परियोजनाको रोहबरमा टुङग्याउने समझदारी पत्रमा उल्लेख छ ।
स्काइवाकमा शिशाको ४० मिटर बाटो बनाएर मान्छे हिँडाइन्छ । हाल लगानी स्वीकृति भइसकेको छ भने २४ करोडको लगानीमा स्काइवाक बन्ने भएको हो ।

प्रकाशित मिति: असार १६ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend