Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको खत्रीधारा शवदाहस्थल जाने सडकबारे सार्वजनिक सुनुवाइ

हाम्रो कोशी आवाज
असार १८ २०७९, शनिबार
धरानको खत्रीधारा शवदाहस्थल जाने सडकबारे सार्वजनिक सुनुवाइ

धरानः प्रदेश नं १ कै प्रसिद्व खत्रीधारा शवदाह स्थल जाने १०८ मिटर आरसिसी ढलान सडक निर्माण भएको छ ।
शनिबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना भएको छ । धरान–१५ र ४ नम्बर वडा जोड्ने सेउती पक्की पुल निर्माण भएपछि शवदाहस्थल जाने बाटो पूर्णरुपमा बन्द रहेको थियो । शव दाहसंस्कार गर्नको लागि शवबाहन शवदाहस्थलसम्म जान नसकेपछि समस्या भएको थियो ।
धरान–१५, झिंगु समाज र खत्रीधारा शवदाहस्थल जाने सडक निर्माण उपभोक्ता समिति स्थानीयबासीहरुको सहकार्यमा आरसिसी ढलान गर्ने सहमती भएपछि धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले २० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएपछि स्थानीयबाट ३ लाख उठाएर २३ लाख लगानीमा १०८ मिटर आरसिसी ढलानसहितको सडक निर्माण भएको हो ।
कार्यक्रममा खत्रीधारा शवदाह स्थल जाने सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कैलाश राईको अध्यक्षतामा सार्वजनिक सुनाई कार्यक्रम भएको हो । कार्यक्रममा धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवाराम प्रमुख अतिथि थिए भने धरान उपमहानगरपलिकाका योजना अधिकृत किरण भुजेल, इन्जिनियर इन्द्र बस्नेत, नेपाली कांग्रेस वाड नं १५ का सभापती डम्बर गुरुङ, सुर्तीमार्ग टोलविकास समितिका अध्यक्ष डाकमान राई, निराजन टोल बिकास समितिका अध्यक्ष गजेन्द्र लम्जेल, झिगु समाजको अध्यक्ष सुरेन्द्रमान स्थापित, नेकपा एमाले वडा नं. १५ का सदस्य शम्भु राई र स्थानीयबासीहरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष इवारामले पवित्रस्थल जाने बाटो भएकोले पहिलो बजेटले थोरै मात्र काम भएको र शवदाहस्थलसम्म बाटो निर्माण गर्नुपर्ने भएकोले बजेट विनियोजन गरिदिन आग्रह गरे । खत्रीधारा शवदाहस्थल जाने बाटो निर्माण उपभोक्ता समितिको अध्यक्ष कैलाश, सचिव तिर्थ बयलकोटी, कोषाध्यक्षमा बसन्त पालुङवा, सदस्यहरु कृष्ण राई, प्रेम श्रेष्ठ, पाकु विक, विमला राई, गजेन्द राई, मोहनकाजी शाक्य, निरु राई, सुरेन्द्रमान स्थापित रहेका छन् ।

प्रकाशित मिति: असार १८ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend