Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बोरामा हालेर हयुम पाइपभित्र शव

हाम्रो कोशी आवाज
असार १९ २०७९, आइतबार
बोरामा हालेर हयुम पाइपभित्र शव

धरानः झापाको अर्जुनधारा नगरपालिका–४ सहासी टोलस्थित कच्ची सडक खण्डको हयुम पाइपभित्र बोरामा फेला परेको शवको पहिचान भएसँगै हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा अर्जुनधारा–७ कि ३२ वर्षीया जानुका सुवेदी थापा, उनको ४९ वर्षीय श्रीमान बिर्खबहादुर थापा र सुनसरी बराहक्षेत्र–१० का २५ वर्षीय सुरेश परियार रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
असार १२ गते हयुम पाइपभित्र सेतो बोरामा अन्दाजी ४० वर्षीय पुरुष मानिसको शव दुर्गन्धित अवस्थामा फेला परेसँगै घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतकको साथमा फेला परेको भारतीय आधार कार्डको आधारमा भारत अहमदाबाद गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाइ रहेको भन्ने खुल्न आएसँगै हत्यामा संलग्न रहेका तीनैजनालाई इलाका प्रहरी कार्यालय अनामनीले पक्राउ गरेको हो । उनको हत्याका लागि थापा दम्पत्तिले सुनसरी बराहक्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश र फरार एक अभियुक्तलाई पाँच लाखको ‘सुपारी’ दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । मृत व्यक्तिले घर बनाउनका लागि जानुकालाई पाँच लाख रुपैयाँ सहयोग गरेको प्रहरीले जनाएको छ । उनीहरूबीच २०७६ मंसिरदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ । काम गर्न दिल्ली पुगेकी उनलाई अप्ठेरो परेपछि पानी ट्यांकीसम्म ल्याइदिएका थिए । त्यसयता निरन्तर सम्पर्क रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।
मृत नरेशकुमार ४ वैशाख २०७९ मा विराटनगरबाट अवैध ५९ हजार भारुसहित पक्राउ परेका थिए । प्रहरीले राजश्व कार्यालय इटहरीमा तारेख धाइरहेका थिए । तारेखका क्रममा उनी जेठमा जानुकाको घरमा बसेका थिए । त्यो क्रममा जानुकामाथि दुव्यवहार भएको श्रीमानले देखेका थिए । त्यही क्रममा उनको हत्या योजना बनेको एसपी पोखरेलले जानकारी दिए । पक्राउ परेका तीनैजनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङले डर धाकधम्की दिई रकम माग गर्ने दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे घर भई विराटनगर महानगरपालिका–४ कञ्चनबारी बस्दै आएका ३९ वर्षीय गणेशकुमार कार्की र पथरीशनिश्चरे–६ का २६ वर्षीय विशाल ऋषिदेव रहेका छन् । उनीहरुले विराटनगर–३ का मुकेश शर्मालाई पटक पटक फोनबाट डर धम्की देखाई रकम माग गर्दै आइरहेका थिए ।
गत शुक्रबार शर्माले मोरङको पथरीशनिश्चरे–६ हसन्दह स्थित रहेको आइएमइमा उनीहरुलाई रकम पठाएको भन्ने जानकारी पाए लगतै उक्त स्थानमा खटिएको प्रहरी टोलीले आइएमइमा पठाएको नगद रकम २५ हजार सहित ऋषिदेवलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: असार १९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend