Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पहिरोमा बेपत्ता बनेका तीनजना मृत फेला, एकजनाको सकुशल उद्दार

हाम्रो कोशी आवाज
असार १९ २०७९, आइतबार
पहिरोमा बेपत्ता बनेका तीनजना मृत फेला, एकजनाको सकुशल उद्दार

पाँचथरः पाँचथरको फालेलुङ गाँउपालिका-७ बिदीनमा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ ।
शुक्रबार राति वर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको तीनतले घर र गाईगोठ समेत पुरेको थियो ।
पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्दार गर्ने क्रममा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो भने पहिरोमा पुरिइ बेपत्ता भएकाहरुको खोजतलासको क्रममा ५५ वर्षीय रुपलाल मगर र उनको ४२ वर्षीया श्रीमती गोमा मगर, दलप्रसादको १९ वर्षीया नातिनी एलिसा मगरलाई आइतबार बिहान मृत अवस्थामा फेला पारेको हो ।

प्रकाशित मिति: असार १९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend