Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको नहरमा डुबेर एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
असार १९ २०७९, आइतबार
सुनसरीको नहरमा डुबेर एकजनाको मृत्यु

सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–३ सिघियास्थित नहरको पानीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो स्थानीय ५० वर्षीय महमत मियाँ नहरमा हातखुट्टा धुने क्रममा लडी पानीमा डुबेका थिए । उनलाई पानीमा डुबेको अवस्थामा स्थानीयले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगेकोमा अस्पताल पुरयाउनासाथ उनको मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार १९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend