सुनसरीः सुनसरीको भोक्राहा नरसिंह–५ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२८प ४०९३ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तरतर्फ हाइवे क्रस गर्दै गरेको को१९प ९९६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ वटा मोटरसाइकलमा सवार ४ जना घाइते भएका थिए ।
घाइते चारैजनालाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा को१९प ९९६५ नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिँह–५ बस्ने ४५वबर्षीय रजाक मियाँको उपचारको क्रममा मृत्यु भएको र अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।