Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ को बसपार्कमा सहकारीको भवन बन्ने भएपछि स्थानीय पुगे वडा कार्यालय

हाम्रो कोशी आवाज
असार २० २०७९, सोमबार
धरान-१५ को बसपार्कमा सहकारीको भवन बन्ने भएपछि स्थानीय पुगे वडा कार्यालय

धरानः धरान उपमहानगरपालिका वडा नम्बर १५ अस्थायी बसपार्कमा रहेको खाली जग्गामा सहकारीको भवन बन्ने थाहा पाएपछि स्थानीयले ध्यानाकर्षणपत्र बुझाएका छन् ।
पाथीभरा टोल विकास संस्थाका उपाध्यक्ष विनोद तामाङको नेतृत्वमा गएका स्थानीयले वडा अध्यक्ष नरेश इवारमलाई सोमबार कार्यकक्षमा भेटी ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
ध्यानाकर्षणपत्रमा हाल सञ्चालनमा रहेको अस्थायी बसपार्क निकट भविष्यमा खाली हुने र सो जग्गामा सहकारीको कार्यालय निर्माण गर्ने भन्ने जानकारी पाएपछि आफूहरु त्यहाँ पुगेको उपाध्यक्ष तामाङले जानकारी दिए ।
जनपक्षीय काम नै भएपनि स्थानीय सरोकारवालाहरुसँग सरसल्लाह गरिनुपर्ने स्थानीयबासीले बताएका छन् । सो जग्गा सहकारी भवन निर्माणका लागि प्रयोग नगर्न भन्दै स्थानीयवासीहरुलाई दिगो तवरले रोजगारीको अवसर मिल्ने र आयआर्जन हुने सार्वजनिक तवरबाट उपभोग हुने साप्ताहिक हाट, बजारको लगाउने अवधारणा ल्याउन सुझाव दिएका छन् । त्यसैगरी सो जग्गामा पार्क बनाउनको लागि स्थानीयले विकल्प अगाडि सारेका छन् ।
यस विषयमा वडाध्यक्ष नरेश इवारमले यो विषयमा हल्ला चलाइएको दावी गरे । उनले त्यहाँ सहकारीको भवन बनाउनेबारेमा केही जानकारी नआएको बताए । आगामी दिनमा भने स्थानीयसँग सहकार्य गरेर काम अघि बढाइने उनले बताए ।

प्रकाशित मिति: असार २० २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend