Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पानी ल्याउन पाइप सहयोग

हाम्रो कोशी आवाज
असार २१ २०७९, मंगलबार
धरानमा पानी ल्याउन पाइप सहयोग

धरानः धरानको खानेपानी व्यवस्थापनका लागि सहयोग आउने क्रम जारी रहेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को आह्वानमा केन्द्र मोसन पिक्चर्सको टिमले सहयोग गरेको छ । उनीहरुले २ लाख ८४ हजार रुपैयाँ बराबरको १०० मिटरको १६० एमएमको पाइप र १५ थान डस्वीन हस्तान्तरण गरेका छन् ।
समाजसेवी तथा गीतकार मीना सिंगकको पहलमा केन्द्र मोसन पिक्चर्सका सञ्चालक केन्द्र लिम्बूको सौजन्यमा पाइप तथा डस्वीन वितरण गरिएको थियो । आइतबार केन्द्र मोसन पिक्चर्सका सिइओ अरविन लिम्बूले धरान खानेपानी व्यवस्थापन बोर्डको अध्यक्ष समेत रहेका मेयर साम्पाङलाई बोर्डको कार्यालयमा पाइप तथा डस्विन हस्तान्तरण गरेका छन् ।
सो पाइप खर्दुखोलाको पानी ल्याउनका लागि प्रयोग गरिने मेयर साम्पाङले बताए । खर्दु खोलाबाट खानेपानी ट्याङकीसम्म पानी ल्याउन ४५० मिटर दुरी रहेको छ । अरु ३५० मिटर पाइप व्यवस्थापन गरी चाँडै खर्दु खोलाको पानी व्यवस्थापन गरिने उनले बताए ।
मेयर साम्पाङले खानेपानी व्यवस्थापन तथा धरानलाई व्यवस्थित शहर बनाउन सार्वजनिक रुपमा सहयोगको लागि आह्वान गर्दै आएका छन् । उनको आव्हानअनुसार सहयोग आउने क्रम जारी रहेको छ । खानेपानी व्यवस्थापनका लागि स्थानीयले धरानस्थित पकुवा खोलामा श्रमदान पनि गर्दै आएका छन् ।

प्रकाशित मिति: असार २१ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend