विराटनगरः मोरङका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान–११ का ३८ वर्षीय राजु घिमिरेलाई विभिन्न किसिमका लागूऔषध ट्याब्लेटसहित पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक –२० एम्पुल, एभिल–२० एम्पुल, डाइजेल्याब–२० एम्पुल र फेनरागन–२० एम्पुल बरामद गरेको थियो ।
यस्तै, पथरी शनिश्चरे नगरपालिका–१ का ४४ वर्षीय भानु याङदेनलाई लागूऔषधसहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाइजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको छ ।