Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संखुवासभाको मादीमा कार्की परिवार ६ जनाको हत्या ‘केस’

हाम्रो कोशी आवाज
असार २१ २०७९, मंगलबार
संखुवासभाको मादीमा कार्की परिवार ६ जनाको हत्या ‘केस’

संखुवासभाः मादी नगरपालिकामा भएको कार्की परिवार हत्या प्रकरणमा संलग्न दोषीलाई आजीवन कारावासको फैसला सुनाइएको छ ।
खोलागाउँका ६ जनाको हत्यामा संलग्न पाँचजनामध्ये चार जनालाई आजीवन कैद सुनाएको हो । गत भाद्र २१ गते बिहान एकै परिवारको ६ जनाको हत्यामा संलग्न ५ जना पुर्पक्षका लागि थुनामा थिए । उनीहरुमध्ये चारजनालाई जिल्ला अदालत चैनपुरले सोमबार गरेको फैसलाबाट आजीवन कैद र जनही २ लाख जरिवाना सुनाएको हो । १७ वर्षीय किशोर नरेश कार्कीलाई २५ वर्षको दुई तिहाई कैद सुनाएको छ ।
हत्यामा संलग्न ४७ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षिय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की र लोकबहादुर कार्कीलाई हत्यामा संलग्न ४७ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षिय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की र लोकबहादुर कार्कीलाई सजाय सुनाएको हो ।
अदालतका वैतानिक वकिल भवानी आचार्यका अनुसार सोमबार अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले हत्या प्रकरणमा जोडिएका ४ जनालाई आजीवन कारावासको सजाय भएको हो ।
गत वर्ष भदौ २१ गते उम्लिङमा तेजबहादुर कार्कीसहित, आमा पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी रञ्जना कार्की, नाती विपीन कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

प्रकाशित मिति: असार २१ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend