Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मतदाता नामावली संकलनमा सास्ती भोगेको गुनासो

हाम्रो कोशी आवाज
असार २३ २०७९, बिहिबार
धरानमा मतदाता नामावली संकलनमा सास्ती भोगेको गुनासो

धरानः जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले चार बुँदे मागसहित धरान उपमहानगरपालिकाका मेयर र उपमेयरलाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार पार्टीको धरान उपमहानगरमा उपलब्ध अध्यक्ष ताजुप लिम्बू, सचिव शम्भु राईसहित प्रदेशस्तरीय नेतासहितको एक टोलीले मेयर हर्कराज राई (साङपाङ) र उपमेयर अइन्द्रविक्रम बेघालाई ज्ञापनपत्र बुझाएको हो । पार्टीले राष्ट्रिय परिचयपत्र वडास्तरबाट उपलब्ध गराउन, फोटोसहितको मतदाता नामावली संकलन इलाका प्रशासन कार्यालयमा जनशक्ति अभाव भई दैनिक ५० भन्दा बढीको काम नहुँदा स्थानीयले सास्ती भोगेको, चिन्डेडाँडा छेऊ रहेको नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन पोल निर्माण गर्दा पहिरोको जोखिम बढाएको र सुकुम्बासीलाई धनीपुर्जाको लागि तत्काल पहल गर्न माग गरेको छ ।
ज्ञापनपत्र बुझेपछि मेयर र उपमेयरले चारै वटा बुँदामा गम्भीरता देखाएको नेता ताजुवले जानकारी दिए । सुकुम्बासी समस्याको लागि कार्यपालिकामा छलफलको एजेन्डा राखेको तर दलभित्र थप छलफल गर्नुपर्ने माग राखेको कारण अर्को कार्यपालिका बैठकमा लगिने मेयर साम्पाङले बताए । उपमेयर बेघाले सुकुम्बासीलाई धनीपुर्जा वितरण गर्न सुनसरी जिल्लामा नै धरानबाट वितरण गर्ने लक्ष्य रहेको बताए ।
ज्ञापनपत्र बुझाउन पार्टीका प्रदेश सदस्य तेन्जिङ शेर्पा, उपाध्यक्ष हेमराज जिमी, सहसचिव सीता राई, सुमन चेम्जोङ, कमला रुम्दालीलगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: असार २३ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend