Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विवाह रोक्न किशोरी परिचालन

हाम्रो कोशी आवाज
असार २४ २०७९, शुक्रबार
विवाह रोक्न किशोरी परिचालन

खोटाङ: हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो ।
कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई रु ५५ हजार प्रदान गरेकी छन् । “अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ”, प्रमुख राईले भनिन् । विद्यालयमा गठन भएका समूहले बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछन् । “पहिला परिवारकै सहमतीमा बालविवाहको चलन थियो, अहिले आफैँ भागेर बालविवाह गर्ने चलन बढिरहेको छ”, उनले भने ।
बालविवाह रोक्नका लागि बालिका आफैं सचेत हुनुपर्ने भएकाले उनीहरुकै नेतृत्वमा कार्यक्रम सुुरु गरिएको उनको भनाइ छ । बालविवाह किन गर्न हुँदैन ? गर्दा कस्ता समस्या हुन सक्छन् ? भन्नेबारे उनीहरु आफैँ सचेत हुन आवश्यक रहेकाले कार्यक्रम अघि बढाइएको नगरप्रमुख राईले बताए ।
च्यास्मिटार माविबाट परीक्षणका रूपमा सुरु गरिएको सो कार्यक्रम प्रभावकारी बनाउँदै अन्य वडा एवं विद्यालयमा विस्तार गर्दै लैजाने नगरपालिकाको योजना छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । त्यसैले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ । शारीरिक र मानसिकरूपमा परिपक्व नभई विवाह गर्दा र सन्तान जन्माउँदा विविध समस्या आउने गर्छन् ।

प्रकाशित मिति: असार २४ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend