Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मेयरले चढ्ने स्कारपियो गाडी बेचेर खाल्डाखुल्डी टाल्ने रोलर किन्ने मेयरको प्रस्ताव

हाम्रो कोशी आवाज
असार २४ २०७९, शुक्रबार
धरानमा मेयरले चढ्ने स्कारपियो गाडी बेचेर खाल्डाखुल्डी टाल्ने रोलर किन्ने मेयरको प्रस्ताव

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्ना लागि किन्ने आफ्नो सोंच रहेको बताएका छन् ।
मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरलाई चढ्न भनिएको स्कर्पियो गाडी बेच्न लागेको उल्लेख गरेका हुन् । आफ्नो यो प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएको समेत उनले बताएका छन् ।
‘मेयरलाई भनेर किनिएको स्कर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो’, कार्यपालिकाले ताली बजार अनुमोदनसमेत गरिदिएको छ, जय धरान ।’
स्वतन्त्र रुपमा मेयरमा निर्वाचित साम्पाङले नगपालिकाको गाडी प्रयोग गरेका छैनन् । यसअघि नै मेयरलाई चढ्न भनेर स्कारपिओ गाडी किनिएको थियो । तर उनी अहिले पनि आफ्नै मोटरसाइकल चढेर हिँडिरहेका छन् ।
उनले फेसबुकमा समेत लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’

प्रकाशित मिति: असार २४ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend