Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा चारजनाको मृत्यु

हाम्रो कोशी आवाज
असार २४ २०७९, शुक्रबार
दुर्घटनामा चारजनाको मृत्यु

धरानः संखुवासभाको चैनपुर नगरपालिका–१० मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।
खाँदबारी लेगुवा सडकखण्डको चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र ४२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । ‘निकैजना गम्भीर हुनुहुन्छ’, उनले भने, ‘विशेषतः ठूला अस्पतालमा रेफर भइरहेको छ ।’ पिलुवा खोलामा मृतकको दाहसंस्कार गरी लेगुवा–खाँदबारी सडक खण्ड हुँदै खराङबाट फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका–९का वर्षीय ४६ को केशव कार्की रहेको प्रहरी निरीक्षक खनालले बताए । मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर दुम्कटानजिकै दुर्घटनामा परेको हो ।
प्रहरीले सवारी चालक चैनपुर नगरपालिका–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा ४४ जना रहेको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको कन्काई नगरपालिका–३ एकान्त टोल भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१त ७८३१ नम्बरको ट्याक्टरले रोकिरहेको मे१ह ६९६० नम्बरको अटोलाई ठक्कर दिई दुर्घटना हुँदा अटोमा सवार झापा कन्काइ नगरपालिका–३ की ३४ वर्षीया कमला नेपालको टाउकोमा चोट लागेर उपचारको लागि बिएण्ड सी अस्पताल बिर्तामोड लगिएको थियो । यसरी घाइते भएकी नेपालको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।
ट्याक्टर र चालक कन्काई नगरपालिका–७ बस्ने २४ वर्षीय यतुवा मर्डीलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जनाएको छ ।
यसैबीच मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित लेटाङ कानेपोखरी सडक खण्डमा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ । प्रदेश १–०२–०४२ प २७६९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुनवर्सी नगरपालिका–१ का ३३ वर्षीय रोशन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । मृतक शवलाई पोष्टमार्टमको लागि मंगलबारे अस्पताल उर्लाबारी पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रकाशित मिति: असार २४ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend