Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

निवर्तमान उपमेयरसहित ९ जनालाई भ्रष्टाचारको मुद्दा दायर

हाम्रो कोशी आवाज
असार २४ २०७९, शुक्रबार
निवर्तमान उपमेयरसहित ९ जनालाई भ्रष्टाचारको मुद्दा दायर

विराटनगरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले विशेष अदालत काठमाडौँमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । पोखरीमा कार्यमा उपभोक्ता समितिमार्फत काम गर्दा भएको भन्दा बढी काम देखाइ भ्रष्टाचार गरेको अभियोगमा अख्यिारले मुद्दा दर्ता गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
विराटनगर महानगरपालिका – १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माणमा भ्रष्टाचार भएको आयोगको ठहर छ । उक्त भ्रष्टाचार जन्य कार्यमा सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सव–इन्जिनियर मो. इफतेखार आलम, पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरे तथा वडा नं. १५ का तत्कालीन वडा अध्यक्ष असलम आलम छन् ।
उनीहरुले पोखरीमा पार्क निर्माण कार्यमा उपभोक्ता समितिबाट बास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी नभए नगरेको कार्यसमेत उल्लेख गरी उपभोक्ता समितिसँगको सम्झौता अनुसारका निर्धारित सर्त तथा मापदण्ड विपरीत ज्यामीद्वारा गर्नुपर्ने मेसिनबाट गरेको आयोगको दाबी छ । गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार पारेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । उनीहरुले राज्यलाई १० लाख ५५ हजार ९ सय ७९ रुपैयाँ घाटा पुरयाएको आयोगको दाबी छ ।

प्रकाशित मिति: असार २४ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend