Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको गोरखा बचत निःशुल्क स्वास्थ्य शिविर आयोजना

हाम्रो कोशी आवाज
असार २५ २०७९, शनिबार
धरानको गोरखा बचत निःशुल्क स्वास्थ्य शिविर आयोजना

धरानः धरान–२ स्थित गोरखा बचत तथा ऋण सहकारी संस्था लि. ले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
स्वास्थ्य शिविरमा २ सय ६७ जना धरानबासी लाभान्वित भएका छन् । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत संस्थाले यस्तो कार्यक्रम राखेको संस्थाका अध्यक्ष मानबहादुर राईले जानकारी दिए । केएचडिसी नेपालको सहयोगमा धरान–१० स्थित यलम्वर स्मृति सङ्ग्रहालयको भवनमा शिविर कार्यक्रम आयोजना गरिएको संस्थाका सहसचिव तथा कार्यक्रम संयोजक नविन राईले जानकारी दिए । शिविरमा मृगौला, मुटुरोग, उच्च रक्तचाप, मृगौलाको रक्त शुद्धिकरणलगायतको परीक्षण गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सञ्जीव शर्माको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । कार्यक्रममा बोल्दै डा. शर्माले स्वास्थ्य ध्यान दिन लागिपर्नुपर्ने बताए ।
तस्वीरः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असार २५ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend