Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किनमेल गरिरहेकी महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने तत्कालै समातिए

हाम्रो कोशी आवाज
असार २५ २०७९, शनिबार
किनमेल गरिरहेकी महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने तत्कालै समातिए

बिर्तामोडः झापामा सुनको सिक्री थुतेर भाग्ने एकजनालाई पक्राउ परेका छन् ।
मेचनगर नगरपालिका १० धुलाबारी बजारमा घाँटीमा लगाएको सुनको सिक्री थुती भाग्ने एकजनालाई प्रहरीले तुरुन्त पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ बस्ने २० वर्षीय निरज राय रहेका छन् ।
रायले शुक्रबार साढे ६ बजे बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ बस्ने ५० वर्षीया गीता अधिकारीले घाँटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्रीसहित रायलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका रायलाई इलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: असार २५ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend