Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोदोको रक्सी ‘ब्राण्डिङ’ गर्न समिति गठन

हाम्रो कोशी आवाज
असार २६ २०७९, आइतबार
धरानमा कोदोको रक्सी ‘ब्राण्डिङ’ गर्न समिति गठन

धरानः कोदोको रक्सीलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी जिल्ला तदर्थ समिति गठन भएको छ ।
धरानको मुकुमलुङ होटेलमा भएको भेलाले नगेन्द्र पारघरीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला समिति गठन भएको छ । सदस्यहरुमा निमा पोङ्स्युवा, रिता खापुङ, लिला राई, सानु ल्वागुन, सुमित्रा राई, निर्मला राई, कमला सुब्बा, हेमराज जिमी, विश्वास मगर, बिनापुमा राई, ऐसा सुनुवार, लक्ष्मी राई रहेका छन् ।
त्यसैगरी सात जना सल्लाहकार समिति पनि गठन भएको छ । सल्लाहकार समितिमा हर्ष सुब्बा, डा.कमल तिगेला, नरप्रसाद लुङ्फुङ्बा, बिपिन इवारम, भक्तराज रसाइली, तेन्जिङ शेर्पा, ताजुव लिम्बू रहेका छन् ।
प्रदेश १ सरकारले परम्परागत घरेलु मदिरा कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने नीति लिएपछि जनस्तरबाट नै दबाव दिने उद्देश्यले प्रदेश १ मा रहेका १४ जिल्लामा समिति गठन गरिने क्रममा सुनसरी जिल्ला समिति गठन गरिएको प्रद्र्धनन समिति संयोजक टेकबहादुर खजुमले जानकारी दिए । संयोजक खजुमले हालसम्म झापा मोरङ जिल्ला समिति गठन गरेको भन्दै साउनको दोस्रो हप्तासम्म १४ वटा जिल्ला समिति गठन गरिसक्ने तयारी रहेको बताए ।
तत्कालीन सामाजिक विकास मन्त्री उषाकलाले लिएको नीतिलाई जनस्तरबाट दबाव दिने उद्देश्यले जिल्ला समिति गठन गर्ने काम भएको उनले बताए । गठित जिल्ला समितिले स्थानीय तहमा गठन गर्नुपर्ने म्याण्डेट अनि अधिकार दिएको बताए । भेलामा संयोजक खजुमको लिखित अवधारणा प्रस्तुत गरिएका थिए । अवधारणामा देश ब्यापार घाटाको संकटबाट गुज्रिरहेको भन्दै नेपाली जनताले आ–आफ्नो स्थानबाट गम्भीर भएर सोच्नुपर्ने बताए । परम्परागत प्रविधि विकास गरी उत्पादन गरिएको रक्सि लोकप्रिय तथा भिन्न स्वाद गुण र उपयोगिता भएको अर्गानिक भएको उल्लेख छ ।
अवधारणामा रक्सी प्रवद्र्धन गर्नसके आर्थिक विकाससँगै अन्नबाली संरक्षण, मर्चा उत्पादक, मर्चामा प्रयोग हुने वनस्पति जडिबुटीको संरक्षण र उत्पादन, सुँगुर तथा बंगुरपालन लगायत विविध क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव पार्ने निष्कर्ष रहेको छ ।
कार्यक्रममा विशेष सल्लाहकार देशु वनेमले लोकल रक्सी उत्पादनको लागि मदिरा ऐन २०३१ र मदिरा सम्बन्धी नियमावली २०३३ ले प्रतिबन्ध लगाएको र त्यही ऐनको आधारबाट हाम्रा चेलीबेटीले उत्पादन गरेको रक्सी पोखाउने गरेको बताइन् । समितिले प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राई, सामाजिक विकासमन्त्री प्रकाश हाङगमसमक्ष बजेट व्यवस्थापनको लागि माग गरिसकेको छ ।
वरिष्ठ पत्रकार हर्ष सुब्बा धरान उपमहानगरमा निवर्तमान मेयर तिलक राईको कार्यकालमा तिनपाने रक्सी ब्राण्डिङ गर्ने नीति ल्याइसकेको र खाद्य प्रविधि विशेषज्ञसहितको समिति बनिसकेकोले उनिहरुसँग पनि मिलेर जान सुझाए । समिति गठन गर्नका लागि जेन्टल लावतीले समन्वय गरेका थिए ।

प्रकाशित मिति: असार २६ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend