Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घरमा सुतिरहेको अवस्थामा रुखले किचेर र करेन्ट लागेर मृत्यु

हाम्रो कोशी आवाज
असार २६ २०७९, आइतबार
घरमा सुतिरहेको अवस्थामा रुखले किचेर र करेन्ट लागेर मृत्यु

धरानः इलाम माई नगरपालिका ५ धोबीखोला बस्ने ८२ वर्षीय प्रेमबहादुर आङदम्बे लिम्बूको रुखले किचेर मृत्यु भएको छ ।
शनिबार बिहानको राति २ बजे पानीसँगै आएको हावाहुरीले घरनजिकै रहेको सखुवाको रुख ढली बाँसको टाँटी टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका वृद्ध लिम्बूको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी दानाबारी र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटि गई कानुनी प्रक्रिया तथा अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविन राईले जानकारी दिए ।
यस्तै, संखुवासभाको चैनपुर नगरपालिका–६ मा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । चैनपुर–६ स्थितमा बरुण हाइड्रोपावरको ३३ केभी प्रसारण लाइन मर्मत गर्ने क्रममा सो हाइड्रोपावरका प्लान अप्रेटर राप्ति गाउपालिका–३ दाङका २५ वर्षीय दीपक न्यौपानेलाई करेन्ट लागि घाइते भएकोमा तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतकको शव पोष्टमार्टमको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाइएको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २६ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend