Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा टयाक्टरको ठक्करले मोटरसाइकलमा सवार महिलाको मृत्यु

हाम्रो कोशी आवाज
असार २६ २०७९, आइतबार
सुनसरीमा टयाक्टरको ठक्करले मोटरसाइकलमा सवार महिलाको मृत्यु

सुनसरीः सुनसरीको कोशी गाउँपालिका–४ स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
आइतबार दिउँसो पौने ४ बजे को२त २१५८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को२८प ९३९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रहेकी देवानगञ्ज गाउँपालिका–४ कि ५५ वर्षीया जयमुन खातुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मोटरसाइकल चालक मृतककै छोरा २५ वर्षीय जुमरात मियाँ घाइते भएकोमा जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको र ठक्कर दिने सवारी साधन र चालक ४६ वर्षीय शुभका मोचीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाइएको छ ।

प्रकाशित मिति: असार २६ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend