Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको हिविस्कस स्कुलमा कानुन विषय पठनपाठन हुँदै

हाम्रो कोशी आवाज
असार २६ २०७९, आइतबार
धरानको हिविस्कस स्कुलमा कानुन विषय पठनपाठन हुँदै

पत्रकार सम्मेलनमा कानुन विषयबारे जानकारी दिँदै प्रबन्ध निर्देशक राई । तस्वीरः लक्ष्मण थापा

धरानः धरान–१५ स्थित हिबिस्कस इङ्लीस बोर्डिङ स्कुलमा यस वर्षदेखि कानुन विषयको पठनपाठन थाल्नका लागि तयारी थालिसकिएको र धरानमै पहिलोपटक यस्तो विषय भित्र्याएको स्कुलले दावी गरेको छ ।
आइतबार स्कुल परिसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । यसअघि कक्षा–११ र १२ मा विज्ञान सङ्कायमा पठनपाठन हुँदै आएको र यस वर्षदेखि कानुन विषय थप गरेर पठनपाठन थाल्ने प्रबन्ध निर्देशक गंगाराम राईले जानकारी दिए ।
उनले कानुनी शिक्षा सहज, सरल, कम खर्चिलो रहेको र यो शिक्षा पाइसकेपछि सहजै जागिर पनि पाइने बताए । ‘यो अध्ययन सकिसकेपछि न्याय सेवामा सुब्बा, लेखापढी व्यवसाय सञ्चाल र बिए, बिएलबि तथा उच्च शिक्षा हासिल गरिसकेपछि कानुनसँग सम्बन्धित फाँटमा लोकसेवा आयोगमार्फत रोजगारका अवसर साथै अधिवक्तादेखि सर्वोच्च अदालतका न्यायधीशका सुनौलो अवसर प्राप्त गर्न सकिनेछ ।’ उनले भने ।
उनले धरानमा पहिलोपल्ट यस्तो विषय भित्रयाएको र यो विषय पढ्न यसअघि धरान बाहिर समेत जानुपर्ने बाध्यता थियो । ‘यो पढ्न विराटनगर, इटहरीसम्म धाउनुपर्ने अवस्था थियो’, उनले भने, ‘त्यही भएर धरानमा हामीले पहिलोपल्ट यस्तो विषय भित्रयाएका हौं ।’
वर्तमान समयअनुसार यो शिक्षा हरेक नागरिकलाई आवश्यक रहेको बताउँदै उनले समग्र समाज विकास लागि यो शिक्षा उपयोगी रहेको उनले बताए ।
सहायक प्रिन्सिपल विजयसिं थेबेले एसइई पास गरेका साथै प्लस टु सकेका विद्यार्थीहरुले पनि यसतर्फ चासो देखाएको बताए । ‘अहिले हामीले नयाँ विषय भित्रयायौं भनेपछि अन्य विषयमा प्लस टु सकेकाहरुले समेत चासो देखाएका छन्’, उनले भने, ‘यो विषय एसइई पास वा प्लस टु सकेकाहरुले पनि पढ्न सक्छन् ।’

प्रकाशित मिति: असार २६ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend