Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशीको दुई भंगालोबीचमा रहेको टापुमा १२२ केजी गाँजा राखी फरार

हाम्रो कोशी आवाज
असार २६ २०७९, आइतबार
कोशीको दुई भंगालोबीचमा रहेको टापुमा १२२ केजी गाँजा राखी फरार

सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका-६ सिसौलीबाट प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले कोशी नदीको दुईवटा भङ्गालोबीच टापुमा लुकाइछिपाइ राखेको अवस्थामा १२२ किलोग्राम (५ बोरा) अवैध लागूऔषध गाँजा फेला पारेको हो ।
फेला परेको गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याइ राखिएको र ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजतलास तथा अन्य अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख टीका कार्कीले जानकारी दिए । लागूऔषध गाँजा लिई आउने मानिसहरु दोस्रो भङगालोबाट डुङ्गामा चढी डुङ्गाबाट कोशीपारी भागी फरार भएका थिए । –शीर्षकमा गाँजा शब्द थप गरिएको छ ।

प्रकाशित मिति: असार २६ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend