Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सडक खन्दै गर्दा ढुंगाले लागेर युवाको मृत्यु

हाम्रो कोशी आवाज
असार २७ २०७९, सोमबार
सडक खन्दै गर्दा ढुंगाले लागेर युवाको मृत्यु

ताप्लेजुङः सडक खन्दै गर्दा माथिबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा एक युवाको मृत्यु भएको छ ।
मुत्यु हुनेमा सिदिङ्वा गाउँपालिका वडा नं ३ आङखोपका २२ वर्षीय गंगाबहादुर कडरिया रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी कैलाश राईले जानकारी दिए ।
‘सडक खन्दै गर्दा झरेको ढुङ्गाले लागेर मृत्यु भएको भन्ने जानकारी आएको छ,’ डिएसपी राईले भने । उनका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।
यस्तै, धनकुटाको चौबिसे गाउँपालिका १ लडेर एकजनाको ज्यान गएको छ । सानो मोक्तरामा लडेर स्थानीय ५१ वर्षीय पूर्णकुमार मगरको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता चिरञ्जिवी दाहालले जानकारी दिए । उनका अनुसार बारीमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमा नै मृत्यु भएको हो ।
मृतकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पोष्टमार्टम गरि परिवारलाई जिम्मा लगाइएको जनाइएको छ ।

प्रकाशित मिति: असार २७ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend