विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
आइतबार राति १० बजेको समयमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १-०२-०४९प६२५८ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिदा साइकलमा सवार विराटनगर-१५ का ४५ वर्षीय भोला श्रेष्ठ र १२ वर्षीय सुशान्त श्रेष्ठ घाइते भएका थिए ।
घाइते दुवैजनालाई उपचारको लागि न्यूरो अस्पताल पठाइएकोमा उपचारको क्रममा भोलाको राति नै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।