Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युवतीलाई जबरजस्ती गरेको आरोपमा वडाध्यक्ष समातिए

हाम्रो कोशी आवाज
असार २७ २०७९, सोमबार
युवतीलाई जबरजस्ती गरेको आरोपमा वडाध्यक्ष समातिए

धनकुटाः जबरजस्ती करणीको अभियोगमा धनकुटा शहिदभूमी गाउँपालिका ५ घर भई सोही वडाका वडाध्यक्ष रहेका ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरिएको छ ।
राईले गत असार २४ गते तेह्रथुम लालीगुराँस नगरपालिका २ मा रहेको ताप्लेजुङ होटल एण्ड लजमा लगेर २३ वर्षीया युवतीलाई रातको समयमा धाकधम्की दिई जबरजस्ती करणी गरेको भनी जाहेरी दिएको र पक्राउ गरिएको जल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
पीडितले जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दरखास्त पेश गरे पश्चात उनलाई गत २५ गते पक्राउ गरिएको हो । पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय बसन्तपुर तेह्रथुमबाट मुलुकी अपराध संहिता २०७४ को करणी सम्बन्धि कसुर (जबरजस्ती करणी) शीर्षकमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यस्तै, यौन दुव्यवहार गरेको आरोपमा शिक्षक समेत पक्राउ परेका छन् ।
धनकुटा–८ सान्ताङ स्थित देउराली माविका शिक्षक चन्द्रकुमार राई (एवाई) लाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूमाथि यौन दुव्यवहार गरेको भन्दै प्रहरीमा असार २६ गते उजुरी परेको थियो । राई माथि विद्यालयका ११ देखि १५ वर्षका ८ जना विद्यार्थीहरूलाई यौन दुव्यवहार गरेको अभियोग लागेको छ । प्रहरीले असार २६ गते विद्यालय हाताबाटै शिक्षक राईलाई पक्राउ गरेको एसपी अधिकारीले जानकारी दिए । छात्राहरूलाई जिस्क्याउने, ब्राको इलास्टिक तन्काई दिने, संवेदनशील अङ्गमा छुने, गालामा चिमोट्ने, कम्मरमा समातेर आफूतिर तान्ने, अश्लील शब्द प्रयोग गर्ने लगायतका क्रियाकलाप गरेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ ।
धनकुटाको सहिदभूमी गाउँपालिका–३ कुङलाङ घर भएका ४० बर्षिया राई २०६५ सालदेखि उक्त विद्यालयमा राहत दरबन्दीमा कार्यरत थिए ।

प्रकाशित मिति: असार २७ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend