सुनसरीः सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर एकजना बालकसहित २ जनाको मृत्यु भएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ शान्ति चोकका पपुलाल उराउका ५ वर्षीय छोरा आकाश उराउ गत २६ गते बेलुकादेखि हराइरहेकोमा खोजतलास गर्ने क्रममा २७ गते बिहान घरनजिकै रहेको खोलामा डुबेर मृत अवस्थामा फेला परेका थिए ।
यसैगरी इनरुवा नगरपालिका–२ का ६५ बर्षीय गंगाराम मण्डल २७ गते बिहानदेखि हराइरहेकोमा खोजतलास गर्ने क्रममा घरनजिकै रहेको नहरमा डुबीरहेको अवस्थामा मृत फेला परेका हुन् । दुवै घटना सम्बन्धमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।