Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा मोटरसाइकलको ठक्करले एकजनाको मृत्यु

हाम्रो कोशी आवाज
असार २९ २०७९, बुधबार
सुनसरीमा मोटरसाइकलको ठक्करले एकजनाको मृत्यु

सुनसरीः सुनसरीको रामधुनी नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मङ्गलबार सवा १० बजे प्रदेश १–०२–०४२ प ३७१३ नम्बरको मोटरसाइलले बाटो काट्दै गरेको अवस्थामा स्थानीय ६० वर्षीया रुकमी सरदारलाई ठक्कर दिँदा घाइते भएकी सरदारको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल र चालक रामधुनी–९ सुनसरीका अमन चौधरीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २९ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend