Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रवि आए झापा

हाम्रो कोशी आवाज
असार ३० २०७९, बिहिबार
रवि आए झापा

सञ्चारकर्म छोडेर राजनीतिमा लागेका रवि लामिछानेले अबदेखि नेपालमा बनेका पोशाकमात्रै लगाउने घोषणा गरेका छन् । झापामा बिहीबार आयोजित पार्टीको जिल्ला भेलामा उनले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न आफूले यस्तो घोषणा गरेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
‘परिवर्तन आफैंबाट गर्नुपर्ने रहेछ भन्ने महशुस भयो । हालै मैले चितवनको कार्यक्रममा आफ्नो राजनीतिक जीवनमा नेपालमा बनेका नेपाली फेब्रिक्समात्रै लगाउँछु भनेको थिएँ । मैले अहिले लगाएको पहिरन नेपालमा बनेको हो । म नेपालमा बनेका सामानमात्र प्रयोग गर्नेछु,’ उनले भने ।
आफूले लगाएको लुगाप्रति हेर्दै लामिछानेले यी सबै नेपालमै उत्पादन भएको दाबी गरे । उनले कमिज सुरुवाल र इस्टकोट लगाएका थिए ।
साथै, लामिछानेले आफू पार्टीको कुनै पनि कार्यक्रममा स्टेजमा नबस्ने भन्दै तल प्लास्टिकको कुर्सीमा बसेका थिए ।

प्रकाशित मिति: असार ३० २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend