Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सुनसरी उद्योग वाणिज्य संघको पदस्थापन

हाम्रो कोशी आवाज
असार ३० २०७९, बिहिबार
धरानमा सुनसरी उद्योग वाणिज्य संघको पदस्थापन

धरानः सुनसरी उद्योग वाणिज्य संघ सुनसरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
संघको कार्यालयमा नयाँ निर्वाचित पदाधिकारीहरुको बिहीबार पदस्थापन भएको हो । कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की रहेका थिए ।
कार्यक्रममा प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ, धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, नेपाल वाणिज्य संघ केन्द्रीय सदस्य दिनेश श्रेष्ठ, अविनाश बोहरा, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापा लगायतको उपस्थितिमा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।
निवर्तमान अध्यक्ष गिरिधारी सापकोटाले व्यवसायीहरुलाई करको दायरामा ल्यएर साना, मझौला सबै उद्यमीहरुलाई नयाँ नीति लागू गरी व्यवसायीहरुलाई अघि बढाउने नीति ल्याई काम गर्न भन्दै नवनिर्वाचित अध्यक्ष विजय श्रेष्ठलगायत सबैलाई आग्रह गर्दै शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले सरकार र उद्योगी, व्यवसायी आफ्नो नीति नियममा बसेर काम गरे कसैलाई पनि समस्या नहुने बताएका छन् । उनले आफ्नो क्षेत्रबाट इमान्दारी भएर काम गरे देश समृद्धि र विकासको बाटोमा मोडिने बताए ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख बेघाले व्यवसायी र नगरपालिका एकअर्कामा सहकार्य गरेर अघि बढ्ने बताए । उनले यसपटक व्यवसायीका माग सम्बोधन गरेर अघि बढेको समेत बताए । ‘नयाँ निर्वाचित टिमसँग सहकार्य गर्ने र समस्याको बसेर हल गर्नेछौं’, उनले भने , ‘सरकार देख्दा व्यवसायी डराउने, व्यवसायी देख्दा सरकार आत्तिने स्थिति रहँदैन ।’ उनले व्यवसायीलाई निरुत्साहित गर्ने ढङ्गले आफूहरुले काम नगर्ने बताए । गत २० गते सम्पन्न निर्वाचनले विजय श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका थिए भने वस्तुगततर्फ रामस्वरुप शर्मा, नारायण लिम्बू, उद्योगतर्फ पीयुषराज आचार्य, प्रभाव खतिवडा, महेन्द्र प्रधान, विष्णु बराल निर्वाचित भएका थिए ।
निर्वाचनमा वाणिज्यतर्फ उपेन्द्र चाम्लिङ, किसन मास्के, जयप्रकाश शर्मा, नविन राजभण्डारी, मनोजकुमार अग्रवाल तोदी, शैलेशकुमार आचार्य (प्रमोद), शशी साह र वर्षा अग्रवाल निर्वाचित बनेकी थिइन् । एशोसियटतर्फबाट गोपाल श्रेष्ठ, अशोक जैन र राजु साह र उद्योग महिलामा स्तुति श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । विजयी सदस्यहरुमध्येबाटै प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित उद्योग सचिव, वाणिज्य सचिव र प्रचार सचिवकोरुपमा पहिलो बैठकबाट पदीय जिम्मेवारी तोक्ने प्रावधान छ ।
तस्वीरहरुः लक्ष्मण थापा

प्रकाशित मिति: असार ३० २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend