धरानः धरानको एकमात्र स्मार्ट कलेज प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले कक्षा–११ को परीक्षाफलसँग सँगै विद्यार्थी तथा अभिभावकहरु को निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ ।
धरानको मुनाल पथमा अवस्थित कलेजले आफ्नै भवनमा आयोजना गरेको ‘परीक्षाफल सार्वजनिक तथा निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रममा बुढासुब्बा डेन्टलका डेण्टल सर्जन, विजयपुर हस्पिटलका एमबिबिएस चिकित्सक तथा खान चश्मा सेन्टर एण्ड दृष्टि नेत्रालयका प्राविधिकहरुको उपस्थिति रहेको थियो ।
आफ्ना सन्तानको स्वास्थ्यप्रति अभिभाबकको चिन्ता रहन्छ तर अभिभावकले आफ्नै स्वास्थ्यको बारेमा ध्यान दिन नपाइरहेको हुनाले अभिभावकहरु पनि स्वस्थ रहनुहोस् भन्ने हेतुले कलेजले यो कार्यक्रम आयोजना गरेको कलेजका निर्देशक अनिल श्रेष्ठले जानकारी दिए । कक्षा १२ को शैक्षिक सत्र पनि चाँडै शुरु हुने हुनाले बिधार्थीको शारीरिक र मानसिक स्वास्थ्यको बारेमा जाँच गर्न यो कार्यक्रमले सहयोग पुरयाएको उनले बताए ।
अन्तर्राष्ट्रिय भनेर नाममा मात्र सीमित नभइ कामले पनि देखाइरहेको प्राइम भिजन कलेजले विगतका समयमा पनि विद्यार्थीहरुको सामाजिक, शैक्षिक र व्यवहारिक विकासको लागि विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए ।
शिक्षालाई ब्यापार होइन सेवाको रुपमा बुझ्दै आएको र विगत ५ वर्षदेखि विद्यार्थी र अभिभावकको मन जित्न सफल प्राइम भिजन कलेजले सीमित सिटमा भर्ना लिने गरेको र गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने गरेको कलेजका सिइओ अभिषेक श्रेष्ठले बताए ।