Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा तमोरको पानी ल्याउने विषयमा छलफल

हाम्रो कोशी आवाज
साउन ३ २०७९, मंगलबार
धरानमा तमोरको पानी ल्याउने विषयमा छलफल

धरानः धरानमा तमोरको पानी ल्याउन सकिने विषयमा छलफल र अन्तक्र्रिया चल्न थालेको छ ।
सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा धरान–लेउती सुरुङ मार्ग र त्यसको प्रभावबारे समेत अन्तक्र्रिया भएको थियो ।
कार्यक्रममा बोल्दै सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरोज श्रेष्ठले यसै मार्गलाई उपयोग गरेर तमोरको पानी धरान ल्याउन सकिने विषयमा पनि छलफल चलाएका थिए । ‘यसलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्न सकिए पुनः धरानको गुमेको व्यवसायिक साख फर्किने मात्रै होइन, त्यही मार्ग प्रयोग गरेर तमोरको पानी धरान सहजै ल्याउन सकिन्छ ।’
धरान–धनकुटा सडक खण्डमा बन्ने सुरुङ माग ३.८६ किमि लामो बन्नेछ । सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको छ । २०७९ असार अन्तिममा सार्वजनिक भएको प्रतिवेदन ‘टीएमएस इआइ माभेन रेस जेभी’ सार्वजनिक गरिसकेको छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सीडीई) सौरभ बज्राचार्यका अनुसार अध्ययन रिपोर्टले धरान–लेउती सुरुङमार्ग बनाउन १० अर्ब ६३ करोड रुपैयाँ लाग्नेछ । धरानको खर्दु र लेउतीमा मुख्य प्रवेशद्वार रहने सो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन हुने क्रममा छ ।
स्थानीय गोपालबहादुर थापा सुरुङबाटै तमोर तथा लेउतीको पानी धरान ल्याएर धरानबासीलाई खुवाउन सकिने र इटहरी, दुहबीका बासिन्दालाई समेत बिक्री गर्न सकिने बताउँछन् ।
धरानमा बनाउने तयारीमा रहेको औद्योगिक ग्रामलाई धरान उपमहानगरपालिकासँग सहकार्य गर्न सकिने संघका अध्यक्ष विजय श्रेष्ठले बताए ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव चन्द्र घिमिरेको प्रमुख अतिथि थिए । कार्यक्रममा बोल्दै उनले देशको आर्थिक घाटा पूर्ति गर्न निकासी बढाउनु पर्ने र पैठारी बढाउनुपर्ने विचार राखेका थिए ।
नेपाल आर्थिकरुपमा संवेदनशील अवस्थामा पुगेको र यस अवस्थाबाट माथि उठ्न सरकारले विशेष कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने विषयमा छलफल भएको थियो । नेपाल कृषिमा आत्मनिर्भर हुन सक्ने सम्भावना भएकाले कृषिक्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई सरकारले साना साना टुक्रा जग्गालाई सरकारले लिजमा लिई बृहत कृषि योजना सञ्चालन गर्नुपर्ने संघका सदस्य गोपाल श्रेष्ठले बताए ।

प्रकाशित मिति: साउन ३ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend