Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सिटी सफारीको ठक्करले बालिकाको मृत्यु

हाम्रो कोशी आवाज
साउन ४ २०७९, बुधबार
सिटी सफारीको ठक्करले बालिकाको मृत्यु

विराटनगरः मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
प्रदेश १–२–००३ ह ५३८ नम्बरको सिटी सफारीले बाटो काट्दै गरेकी स्थानीय आन्न राईको ४ वर्षीया छोरी सिहाङ राईलाई ठक्कर दिँदा घाइते भएकी राईको विराट नर्सिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
ठक्कर दिने सिटी सफारी र चालक ४८ वर्षीय मनबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend