विराटनगरः मोरङको उर्लाबारी नगरपालिका-२ बाट निषेधित लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-२ का २० वर्षीय नविन पुरीको घरबाट उर्लाबारी ३ का रकी धिमाल, उर्लाबारी–२ का उज्वल थापा र २८ वर्षीय सुमित राई समेत ४ जनालाई निषेधित औषधि ट्रामाडोल ६ सय ४४ क्याप्सुल र स्पास्पेन ७ सय २० ट्याब्लेटसहित पक्राउ गरेको हो । निषेधित औषधीसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।