Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्कारपियोको ठक्करले बालिकाको मृत्यु

हाम्रो कोशी आवाज
साउन ८ २०७९, आइतबार
स्कारपियोको ठक्करले बालिकाको मृत्यु

संखुवासभाः संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
भोजपुरको षडानन्द नगरपालिका–५ की ३ वर्षीया मनिष विष्टको स्कारपिओको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए । शनिबार दिउँसो साढे १२ बजे तुम्लिङटार बस स्टेसन नजिकै बा२०च ९५०२ नंको स्कारपियोले पैदल हिँडिरहेकी ती बालिकालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।
ठक्करबाट सख्त घाइते बालिकाको उपचारका क्रममा तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको उहाँले बताए। चालक पाँचखपन नगरपालिका–१ का गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ८ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend