धरानः भारतीय भूपु सैनिक देशकुमार राई ले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको गतिविधि नियालिरहेको बताउँछन् । उनको कार्यशैली आफूलाई अत्यन्तै मन परेको उनी बताउँछन् ।
शनिबार निशाने खोलामा भूपु सैनिकहरुलाई मेयर साम्पाङले डाकिएको कार्यक्रम र भइरहेको काम हेर्न पुगेका उनले भने, ‘२१ औं शताब्दीमा बल्ल बल्ल एकजना हर्क भेट्टाइएको छ, उहाँको नेतृत्वमा हामी पनि काम गर्न तयार छौं ।’
धरान आएदेखि पानीकै लागि आफूहरुले संघर्ष गरिरहेको बताउँदै भने, ‘पानीको दीर्घकालीन समस्या समाधान हुनुपर्दछ, त्यसको लागि सबै भूपु सैनिक एक हुन आवश्यक भइसकेको छ, यसका लागि लागि मेयर साम्पाङले ल्याएको योजनालाई सबैले होस्टेमा हैंसे गरौं, गच्छेअनुसारको मद्दत गरौं ।’
कार्यक्रममा बोल्दै ब्रिटिस भूपु लाहुरे नरेन्द्र इवारम लिम्बूले स्थानीय सरकारमा मेयर साम्पाङजस्तो लिडिङ गर्न सक्ने व्यक्तित्वलाई सहयोग गर्दै धरानको विकासमा भुपु सैनिकहरु लाग्नुपर्ने बताए । ‘यसअघिका जनप्रतिनिधिले लाहुरेहरुलाई सम्झिँदैन पनि थिए तर उहाँले जुन लिडिङ गरेर अघि बढ्नु भएको छ र भूपुहरुलाई सम्झिनुभएको छ, त्यसको लागि हामीले साथ दिनुपर्छ ।’
भूपु लाहुरे भीमराज राईले धरान साथै अन्य ठाउँमा रहेका लाहुरेहरुले मेयर साम्पाङको कार्यशैली मन पराएको बताए । ‘साँच्चै भन्ने हो भने धरान लाहुरेहरुले नै बनाएको सहर हो, मेयर साम्पाङको लागि आर्थिक, भावनात्मक र रचनात्मक सहयोग गर्न पछि पर्नु हुन्नँ ।’
भूपु लाहुरे इन्द्रबहादुर लिम्बूबहादुर लिम्बूले लाहुरेहरुले नै धरानको विकासमा साथ दिनुपर्ने बताए । यसअघि कसैले नसम्झेपनि अहिलेका जनप्रतिनिधिले धरानको विकास चाहेको र भूपुहरुलाई सम्झिएर सह्रानीय काम गरेको बताउँदै भने, ‘मेयर सा’बले भूपू सैनिकहरुलाई पनि सम्झिनुभयो, यो नै ठूलो कुरा हो, धरानको विकासका लागि उहाँलाई पूर्ण साथ र समर्थन दिनु आजको आवश्यकता हो ।’ उनले धरानमा ७५ प्रतिशत भूपुहरुको बसोबास रहेको र उनीहरुकै योगदानमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य अघि बढिरहेको पनि बताए । ‘मेयर साम्पाङको विकास देखेर म चकित छु, यस्तो काम पहिला भएकै थिएनजस्तो लाग्छ, एकदम राम्रो छ । उहाँले भूपूहरूलाई बोलाउनुभयो, सबैले सहयोग गर्नुपर्छ ।’ मेयर साम्पाङले जनसहभागितामा बनेको सहर लाहुरेले बनाएको बताए । उनले निशाने खोला तलतिर डेढ लाखदेखि दुई लाख अट्ने पानीट्याङ्की निर्माण गरिने र सहयोगको आह्वान गरे । उनले सर्दु, खर्दु र निशाने खोलामा वर्षायाममा त्यतिकै पानी बगिरहेको तर जहिल्यै धरानबासी काकाकुल हुनुपर्ने अवस्थालाई मध्यनजर गरेर त्यहाँ पानी ट्याङ्की निर्माण गरिने मेयर साम्पाङले जानकारी दिए ।






