Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रुखले किचेर धरानका युवाको मृत्यु

हाम्रो कोशी आवाज
साउन ९ २०७९, सोमबार
रुखले किचेर धरानका युवाको मृत्यु

धरानः गुडिरहेको स्कुटीमा रुख ढलेर किच्दा धरानका एक युवाको मृत्यु भएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षमा घुम्न निस्किएका युवाको सिसौको रुख अचानक ढलेर गुडिरहेको स्कुटीमा लाग्दा स्कुटी चालक सवार धरान–११ का धीरज तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए । सुकेको सिसौको रुख अचानक ढलेर किच्दा उनको मृत्यु भएको उनले जानकारी दिए । प्रदेश १ ०२– ०४४ प ६६८१ नम्बको स्कुटीमा सवार उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुखले किच्दा तामाङसँगै त्यहाँ घुम्न पुगेका बराहक्षेत्र–५ का २४ वर्षीय सौगेन्द्र विष्ट घाइते समेत भएको प्रहरीले जनाएको छ । रुखले किचिरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले उद्दार गरी अस्पताल लगेको प्रहरीले जनाएको छ । घाइते विष्टको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको छाती, पेट तथा शरीरका विभिन्न भागमा चोट लागेको अवस्था रहेको प्रहरीले जनाएको छ । स्कुटीको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटना आइतबार दिउँसोको हो ।

प्रकाशित मिति: साउन ९ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend