Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सर्दु खोलाको बगरमा उपचार सेवा

हाम्रो कोशी आवाज
साउन ९ २०७९, सोमबार
धरानको सर्दु खोलाको बगरमा उपचार सेवा

धरानः धरानको सर्दु खोलाको बगर छेऊमा अहिले खानेपानीका लागि इन्टेक निर्माण कार्य भइरहेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको नेतृत्वमा पकुवा, निशाने खोलाको प्रोजेक्ट सकिएपछि अहिले सर्दु खोलामा जनश्रमदानसमेत भइरहेको छ । जनश्रमदानमा धरानबासी निरन्तर स्वतस्फुर्त खटिरहेका छन् ।
तर दुईजना भनेर फरक तरिकाले जनश्रमदान गरिरहेका छन् । सर्दुको बगरमा श्रमदान गर्नेलाई उपचार गर्न ढुक्कै दुईजना स्वास्थ्यकर्मी निःशुल्क खट्न थालेका छन् । उनीहरु श्रमदान गर्नेलाई घाउ, चोटपटक लागे, टाउको दुखे, रिङ्गटा लागे हेरचाह र औषधि वितरण गर्छन् ।
प्राथमिक उपचार साथै स्वास्थ्यमा जटिलताको स्थिति आए एम्बुलेन्स सेवा पनि दिन तयार हुँदै नियमित दुईजना स्वास्थ्यकर्मी परिचालित भएका छन् ।
यस्तो सेवा धरानस्थित सिसम मेडिकल हलले प्रदान गरेको सञ्चालक शिव चाम्लिङ राईले श्रमदान गरिरहेका दाजुभाइ, दिदीबहिनी, आमाबुबाहरुलाई प्राथमिकतामा राखेर आइतबारदेखि सेवासहितको श्रमदान गर्न थालेको जानकारी दिए ।
‘म भनेको स्वास्थ्यकर्मी मिडियामा हेर्छौं, यति धेरै धराने जनता उत्साहित भएर गइरहेका छन्, खोलाखोल्सा चहारेर गिटी कुटिरहेको, ढुङ्गा बोकेर, बालुवा बोकिरहेको हामी देख्छौं, हामी सोच्छौं कि यिनीहरु कतिको खुट्टामा चोटपटक लाग्दा, कतिलाई सामान्य टाउको दुख्ला भनेर सोचेर यस्तो श्रमदान गर्नुपाए हुन्थ्यो भन्ने लागिरहेको थियो, आइतबारदेखि नियमित सेवा दिन थालेका छौं ।’ उनले गाह्रोसाह्रो परिहाले एम्बुलेन्सको सेवा पनि दिन सकिने जानकारी दिए । ‘हस्पिटलाइज गर्नैपर्ने भयो भने एम्बुलेन्सको पनि व्यवस्था भइहाल्छ, एम्बुलेन्स ‘रेडी’ छ ।’
स्वास्थ्यकर्मी देवी गुरुङका अनुसार त्यहाँ प्राथमिक उपचारअन्तर्गत सबै उपचार सेवा दिइरहेको बताइन् ।
सेवास्थलमा पुगेका स्वास्थ्यकर्मी नविन राईले भने, ‘अहिले आएरचाहिँ जसरी यहाँ धरानेले जनश्रमदान गरिरहनुभएको छ, यहाँ आएर सेवा दिन पाउँदा त्यस्तै महसुस भइरहेको छ ।’ प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बूले श्रमदान गर्नेहरुका लागि केही राहत महसुस भएको बताए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन ९ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend