Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान बस्ने युवा बैंकिङ कसुरमा छाताचोकबाट पक्राउ

हाम्रो कोशी आवाज
साउन १२ २०७९, बिहिबार
धरान बस्ने युवा बैंकिङ कसुरमा छाताचोकबाट पक्राउ

धरानः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ गरिएको छ ।
धरान उपमहानगरपालिका ०९ बस्ने ३२ वर्षीय लक्ष्मण कार्की रहेका छन् । कार्कीलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटीबाट खटीएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा धरान–१२ छाताचोक स्थित लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
फरार रहेका कार्कीको बैकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरको मिति २०७७ पुस २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः २ दिन कैद र ९ लाख ५० हजार जरीवाना भई लगत नं. ७६१ मा कैद तथा जरीवाना बेरुजु रही असुल गर्न बाँकी रहेको थियो ।
पक्राउ परेका कार्कीलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी झुम्का कारागार पठाएको प्रहरीले जनाएको छ । उनको खास घर मोरङ रतुवामाई नगरपालिका ०६ रहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन १२ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend